
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । एक वर्षअघि सुरु गरिएको भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको साँगासम्म ७.५ किमि सडक खण्डमा १८.२५ प्रतिशत र काभ्रेको साँगादेखि धुलिखेलसम्मको ८.४ किमि सडकको २५.६५ प्रतिशत प्रगति भएको छ ।
६ लेनमा विस्तार गरिने यो सडक खण्ड तीन वर्षमा पूरा गर्ने गरी लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का पाएको थियो ।
सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका प्रमुख कार्यालय प्रमुख राजेन्द्र प्रसाद दासले हालसम्म टेवा पर्खाल, कल्भर्ट, नाली निर्माण, केही स्थानमा सभ–बेसका कार्यहरु पनि भइरहेको र स्ट्रक्चरको काम सम्पन्न भएपछि पेभमेन्ट, बेस, सव–बेस, कालोपत्रे लगायतको काम अघि बढाइने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij