
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । सुनसरीको दुहवी नगरपालिका–९, छाताबेलीका ११ घरपरिवार आगलागीपीडितलाई राहत वितरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले एक कार्यक्रमबीच आगलागीपीडित परिवारको घरमै पुगेर उक्त राहत हस्तान्तरण गरेकी हुन् ।
त्यसैगरी इटहरी नगरपालिका–७, रामजानकी टोल सिसौना निवासी आगलागीपीडित इन्द्रकुमार खड्काको घरमै गएर राहत सामग्री वितरण गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij