
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । यही जेठ १८ गते नेपाल व्यवस्थापन सङ्घको आयोजनामा ‘सिइओ कन्फरेन्स’ हुने भएको छ । सङ्घले आइतबार पत्रकार सम्मेलन गरी यही जेठ १८ गते शुक्रबार उक्त कन्फरेन्स हुने जानकारी दिएको हो ।
सङ्घका अध्यक्ष मोहनराज ओझाले उक्त सम्मेलनले अन्तर्राष्ट्रिय विज्ञबाट अनुसन्धानमा आधारित दृष्टिकोण, ज्ञान एवं विचार प्रस्तुत हुने जानकारी दिए ।
सम्मेलनको मुख्य विषयवस्तु ‘कामको भविष्यस् परिवर्तित परिदृश्य आत्मसात्’ रहेको छ । सम्मेलनको उद्देश्य सरोकार भएकालाई प्रविधि, उद्योग, नवप्रवर्तनमा आधारित व्यावसायिक अवधारणद्वारा परिवर्तित कार्यस्थलको भविष्य कसरी आत्मसात् गर्न सकिन्छ र सोबारेमा अन्वेषण गर्न सहयोग गर्नु रहेको उनले जानकारी दिए ।
सम्मेलनमा चार विषयगत सत्रहरू सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । कार्यक्रममा चार जना विदेशी वक्ताको सहभागिता रहनेछ भने विभिन्न सङ्घ संस्थाबाट दुई सयभन्दा बढी सीइओहरु उपस्थित हुने आयोजकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij