Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

ग्वार्को आगलागी: भेन्टिलेटरमा राखेका सञ्जयको पनि मृत्यु

ग्वार्को आगलागी: भेन्टिलेटरमा राखेका सञ्जयको पनि मृत्यु

  • काठमाडौं । गतमहिना ग्वार्को बाफलमा आगलागीमा परेर घाइते सञ्जय गिरीको पनि उपचारको क्रममा मृत्यु भएको छ । ललितपुर जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार गिरीको शनिबार किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    images
    images
    images

    गत वैशाख २१ गते आगलागीमा परी गम्भीर घाइते भएका उनको परिवारका ३ सदस्यको यसअघि नै मृत्यु भइसकेको छ ।
    घटनासँगै उक्त आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

    images

    उनकी श्रीमती रुपाको पनि उपचारकै क्रममा वैशाख १३ गते मृत्यु भएको थियो भने घाइते दुई छोरी ८ वर्षीया अलिशा र ४ वर्षीया प्रियाको वैशाख २६ गते मृत्यु भएको थियो । सक्त घाइते सञ्जयको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

    ललितपुर महानगरपालिका–१७ बाफलस्थित एउटा टिनले छाएको टहरामा आगलागी हुँदा उनको परिवारका ५ जना घाइते भएका थिए ।

    उनका भतिजा नित गिरी सामान्य घाइते भएको र उनको पनि किष्ट अस्पतालमा उपचार भइरहेको एसपी सुवेदीले जानकारी दिए ।
    उक्त दिन मोबिल हाल्ने क्रममा लाइटर बाल्दा आगलागी भएको बताइएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij