
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । नेपाली बजारमा आइतबार एकैदिन सुनको भाउ १६ सयले बढेको छ । गत बिहीबार त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ४० हजार पुगेको सुन शुक्रबार ७ सय घटेको थियो । आइतबार फेरि तोलामा १ हजार ६ सय रुपैयाँ बढेर १ लाख ४० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपाली बजारमा पनि असर परिरहेको छ । चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९१० पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij