Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

  • काठमाडौं । पश्चिम नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको ज्यान गएको छ ।

    images
    images
    images

    सुनवल नगरपालिका–६ पुलटोलका विष्णु कुँवरका दुई छोराहरू १० वर्षका विप्सन र ८ वर्षका दिप्सनको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

    शुक्रबार साँझ पोखरीमा एक बालक तैरिहरेको स्थानीयले खबर गरेपछि खोजी गर्न जांदा अर्का बालकको पनि शव तैरिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

    मृतक बालकहरु स्थानीय जनसेवा माध्यमिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत थिए । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij