
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडाैँ - सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन अब ९ दिन बाँकी रहेको छ । यसबीचमा अर्थमन्त्रालय बजेट लेखन काममा व्यस्थ रहेको छ । विभिन्न मन्त्रालयगत छलफल र सुझाव लिने काम अघि बढाइरहेको छ ।
यसबीचमा सरकारले नीति तथा कार्यक्रम पनि गत १ जेठमा ल्याएको छ । संघीय संसदबाट पारित हुन बाँकी रहे पनि यद्यपी आगामी सरकारले ल्याएको नीति तथा कार्यक्रममा स्टार्टअप र रोजगार र कृषिलाई केन्द्रित गरेको छ ।
बजेटमा पनि नीति तथा कार्यक्रमलाई टेकेर बजेट ल्याउँदै छ । अर्थमन्त्री वर्षमान पुनलेपनि विभिन्न कार्यक्रमहरुमा आगामी बजेटमा स्टार्टअप, रोजगार कृषि क्षेत्रलाई केन्द्रित गरेर बजेट ल्याउने बताएका छन् ।
हालै मात्र सम्पन्न लगानीसम्मेलनको र सरकारले हालसम्म गरेको योगदानमा आधिरित रोजगार सामाजिक सुरक्षालाई पनि उतिकै प्राथमिकतामा राखेका छन् ।
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रवर्द्धन एवम् सहजीकरण गर्ने आगामी सरकारको योजना रहेको छ। त्यसका लागि सरकारले गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भई कार्यान्वयनमा आएको ‘राष्ट्रिय स्टार्टअप नीति, २०८०’ मा स्टार्टअप उद्यमलाई सरकारले विभिन्न छुट सुविधा, लगानी सहजीकरण, नीतिगत तथा कानुनी प्रबन्ध, व्यावसायिक सुरक्षालगायतका प्रत्याभूति गर्ने उल्लेख गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij