
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । पर्सामा दुई मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । पोखरिया नगरपालिका ९ बैरीयास्थित सडकमा मधेस प्रदेश
०३–०३१ प ९६७५ नम्बरको मोटरसाइकल र ना २८ प ९४४३ नम्बरको मोटरसाइकल बिहीबार राति एकआपसमा ठोकिएका हुन् । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थान नीलकण्ठ अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मधेस प्रदेश ०३–०३१ प ९६७५ नम्बरको मोटरसाइकलमा सवार ३ जनाको नेसनल मेडिकल शिक्षण
अस्पताल वीरगन्ज र ना २८प ९४४३ नम्बरको मोटरसाइकलका चालकको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । पर्सा पोखरिया नगरपालिका ९ बैरीया
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij