Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

अध्यक्ष कार्कीको माग ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गर्न इप्पानका

अध्यक्ष कार्कीको माग ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गर्न इप्पानका

  • काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले आगामी आर्थिक वर्षको बजेटमार्फत ऊर्जा दशक घोषणा गरेर ऊर्जा क्षेत्रको विशेष सुरक्षा नीति लिनुपर्ने बताएका छन् । 

    images
    images
    images

    इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) द्वारा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) सँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा अध्यक्ष कार्कीले बजेट बनाउँदा अबको दश वर्षमा देशलाई कहाँ पुर्‍याउने भन्ने हिसाबले नीति लिनुपर्ने बताए ।

    ‘दश वर्षलाई ऊर्जा दशक र ऊर्जा सङ्कटकाल घोषणा गरेर ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अगाडि बढ्नुपर्ने खाँचो छ । सरकारले दश वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गरेर जाने लक्ष्य लिएको छ । 

    बिजुली खपत बढाउने पूर्वाधार विकासमा बजेट बढाउनुपर्ने बताउँदै उनले दिगो समृद्धिका लागि जलविद्युत नै महत्त्वपूर्ण रहेकोले सडक बाटो, बजार पुर्‍याउने लगायतका क्षेत्रलाई महत्वमा राख्न सरकारको ध्यानाकर्षण गराए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij