Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

आगामी पाँच वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य

आगामी पाँच वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य

  • काठमाडौँ  । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ ।  राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको सोह्रौँ योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको हो  । 

    images
    images
    images

    योजना आयोगका प्रवक्ता यमलाल भुसालले सोह्रौँ योजनाको बारेमा प्रस्तुतीकरण गर्दै आर्थिक वृद्धिदर बढाउने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार आव २०७९/८० मा करिब ३.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८५/८६ सम्म ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य छ ।

    उहाँका अनुसार प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य रहेको छ ।

    सार्वजनिक सोह्रौँ योजनाका लक्ष्यअनुसार गरिबीको रेखामुनी रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) २०.३ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । यसैगरी उपभोक्ता मुद्रास्फीति दर ७.७ प्रतिशतबाट ५ प्रतिशतमा झर्ने लक्ष्य रहेको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij