Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

महानगरपालिकाले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने

महानगरपालिकाले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने

  • काठमाडौं । महानगर क्षेत्रभित्र बसोबास गर्नेहरूका लागि काठमाडौँ महानगरपालिकाले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने भएको छ ।

    images
    images
    images

    विपद्मा परेका, कानुनी सेवाको अपेक्षी जस्ता आर्थिक, सामाजिक वा अन्य कारणले नेपालको संविधान तथा प्रचलित कानुन प्रदत्त आफ्नो हक अधिकारको प्रचलनका लागि न्यायिक उपचार प्राप्त गर्नबाट वञ्चित महानगरवासीहरूलाई निःशुल्क कानुनी सहायक उपलब्ध गराउन लागिएको महानगरको भनाइ छ ।

    images

    त्यसका लागि महानगरपालिकाले इच्छुक कानुनी सेवा प्रदान गर्ने सङ्घ/संस्था, कम्पनी, फर्म वा कानुन व्यवसायीहरूलाई सम्पर्क सूचनामार्फत अनुरोध गरेको छ । इच्छुक सङ्घ/संस्था, कम्पनी, फर्म वा कानुन व्यवसायीहरूले १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।

    यस्तै महानगरले वैतनिक कानुन व्यवसायी सूचीकरण सम्बन्धी सूचना पनि जारी गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij