
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । रहस्यको कुरो भनुँ ? ‘ठूला माछाहरू समातिन्छन्, अथवा समातिने प्रयासहरू हुन्छन्, अर्थात् समातिने प्रयास गरिए जस्तो या समातिएै जस्तो देखिन्छ पनि । थाहा पाइराख्नुस्, तिनै ठूला माछा समात्ने वा समात्न प्रयास गर्ने म पनि एक माछा नै हुँ, ठूलै डालको माछा !!’
देशभर बगिरहेछन् नदीहरू । राजधानीमा पनि बगिरहेका छन्– बागमती, विष्णुमती, धोबीखोला, टुकुचा । र, नदीको नाम आएपछि पानीको कुरो आउने नै भयो । तर, नदीहरूमा कति पानी बगिरहेछ या बगिरहेको पानी कति धमिलो छ भन्ने सरोकारको विषय होइन ।
तर, सबैलाई थाहै छ– अहिले यहाँ तलाउ छैन । तलाउ नभएपछि स्वभावतः पानी पनि छैन । विडम्बना ! पानी नभए पनि माछा भने प्रशस्तै छन् यहाँ । माछाको कुरो गर्दा, दोकान खोलेर जिउँदै बेच्न राखिएका माछाको कुरा गर्न लागेको भने होइन ।
दुई वर्गका माछा छन् यहाँ, एउटा– साना माछा, अर्को– ठूला माछा । राजधानीको घर–डेराभित्रको आफ्नो कोठाको टेलिभिजनमा अन्यले झैं पनि हेरिरहेछु/सुनिरहेछु– माछाका खबरहरू । बेला–बेलामा माछालाई नै पनि देखाइन्छ । चाख मानी–मानीकन हेर्ने गर्छु–
– सुनै सुनजस्ता झलल चम्किएका माछा,
– मिटरब्याजी माछा,
– सहकारी माछा,
– सरकारी जग्गा नै निल्न सक्ने अजंगका माछा,
– मान्छेजस्तो चेतनशील प्राणीलाई पनि वस्तु झैं बेच्ने हिम्मत भएका माछा ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij