Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नुनको मूल्य बढाउनुपर्ने (सीईओको शर्त)

नुनको मूल्य बढाउनुपर्ने (सीईओको शर्त)

  • काठमाडौं ।  आपूर्तिमन्त्री दामोदार भण्डारीले  सोमवार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले नुन, चिनी र मलखादको सहज आपूर्तिका लागि सरकारले ठोस योजना बनाउने बताएका हुन् । कृतिम अभाव र मूल्यवृद्धिलाई नियन्त्रण गर्न पनि सरकारले योजना बनाउने भण्डारीले बताए ।  

    images
    images
    images

    उनले अन्य विभिन्न वस्तुहरुको आपूर्ति गर्दा भन्सारमा असहजतालाई अन्त्य गर्न कुटनीतिक रुपमा सहजीकरण गर्ने पनि बताए । भण्डारीले आगामी दिनमा चाडपर्वमा चिनीको अभाव हुन नदिन सरकारले ध्यान केन्द्रीत गरेको बताए ।

    उनले सरकारले खाद्य क्षेत्रमा दिने गरेको अनुदानको परिणामले सन्तुष्ट हुने ठाउँ नरहेको भन्दै आगामी आर्थिक वर्षको बजेटमा यस सम्बन्धमा नयाँ नीति तय गर्ने बताए । 

    साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले आ.व. २०८०–८१ मा १६ करोड रुपियाँ बजेट स्वीकृत भएको भन्दै त्यति रकमले नुनको ढुवानी गर्न समस्या भएको बताइन् ।

    उनले विगतमै १८ करोड ५० लाख रुपियाँसम्म छुट्याइने गरेकोमा अहिले भने घटाइएको भन्दै यसतर्फ समितिको ध्यानाकर्षण गराइन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij