Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

नेपालगन्जका सहकारीको अनुगमन

नेपालगन्जका सहकारीको अनुगमन

  • काठमाडौं ।  नेपालगन्ज उपमहानगरपालिकाभित्र रहेका सहकारी संस्थाहरुको अवस्थाबारे जानकारी लिने र सर्वसाधारणले जम्मा गरेको रकम हिनामिना हुनबाट जोगाउने अभियान अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्रका सहकारी संस्थहरुको अनुगमन सुरु गरेको छ । 

    images
    images
    images

    अनुगमन निरिक्षण मार्फत उपमहानगरको सहकारी शाखाले नगरमा सञ्चालित सहकारीहरुलाई विधिसम्मत सञ्चालन गर्न सचेत बनाउँदै आएको जनाउँदै सोही क्रममा यो वर्ष पनि अनुगमन गरिरहेको सहकारी शाखा प्रमुख प्रविण रानाले बताउनुभयो ।

    सो क्रममा सहकारी शाखाले नेपालगन्जको वडा नम्बर १० आदर्शनगरस्थित इन्द्रावती बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको जनाएको छ । केही त्रुटि भेटिएको उक्त सहकारीलाई सचेत बनाइएको प्रमुख रानाले बताउनुभयो । तर समग्रमा उक्त सहकारीको अवस्था सुधारोन्मुख देखिएको उहाँको भनाइ छ । 

    अनुगमनका क्रममा डकुमेन्टेशन व्यवस्थापन, कार्यविधि तथा ऐन–नियम निर्माण, खर्च कटौती लगायतका विषयमा उक्त सहकारीका प्रबन्ध सञ्चालक टि.बी थापालाई त्रुटि सच्च्याउन सुझाब दिइएको पनि उपमहानगरको सहकारी शाखाले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij