Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

मोरङमा श्रीमतीको हत्या गरी श्रीमान फरार

मोरङमा श्रीमतीको हत्या गरी श्रीमान फरार

  • काठमाडौं । गएराती मोरङको सुन्दरहरैचा नगरपालिका ५ स्थित गोर्खाली टोलमा पदम तामांङले आफ्नै श्रीमतीको ४५ बर्षकी मनमाया तामांङको हत्या गरी फरार भएका छन् ।

    images
    images
    images

    बिहिबार बेलुका ८ बजेसम्म श्रीमान श्रीमती सँगै रहेको र यसअघि पनि पदमले श्रीमती माथि कुटपिट गर्ने गरेकाले उनले नै श्रीमतीको हत्या गरी फरार रहेको हुनसक्ने इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेज बहादुर दाहालले जानकारी दिए ।

    ‘ठ्याकै श्रीमानले नै श्रीमतीको हत्या गरेको हो भन्ने चाहिँ यकिन भएको छैन, निरिक्षक दाहालले भने,’प्रहरीको प्राम्भिक अनुसन्धानमा उनले हत्या गरेको हुनसक्ने देखिएको छ अहिले श्रीमान फरार छ मृत अवस्थामा श्रीमतीको शव चाहिँ फेला परेको छ ।’

    हिजो बेलुका श्रीमान श्रीमती संगै घरमा रहेको स्थानीयहरुले बताएकाले उनले नै हत्या गरेर फरार भएको हुनसक्ने उनले बताए। यो भन्दा पनि उनले श्रीमतीलाई पटक -पटक कुटपिट गर्ने गरेको बुझ्न उनले बताए । रातीको समय भएकाले छिमेकीहरुले पनि थाहा नभएको र के कसरी घटना घटायो भन्ने ’bout पनि अनुसन्धान भैरहेको बताए ।

    अहिले मृतकको शव पोष्टमाटंमको लागि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लागिएको छ । प्रहरी परिचालन गरी फरार श्रीमानको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । स्थानीयहरुका अनुसार पदमले यसअघि पनि आफ्नै आमालाई जबर्जस्ती गर्न खोजेको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij