
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८१ अंकले घटेर १९९१ दशमलव ७१ को विन्दुमा झरेको छ ।
मंगलबार ३१२ कम्पनीका ३९ हजार ४ सय ७६ पटकको कारोबारमा ५४ लाख ७१ हजार ०६८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव २६ अंकले घटेर ३५३ दशमलव ५१ को विन्दुमा पुगेको छ ।
मंगलबार हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चर कम्पनीहरूको भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij