
Aug 13 2025 | २०८२, साउन २८ गते
काठमाडौं । उच्च अदालतमा सिफारिस भएका २७ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार बिहान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको उपस्थिति र उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर समक्ष शपथ ग्रहण भएको हो ।
शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । न्याय परिषदले गत साउन २२ गते २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।
सिफारिसअनुसार बुधबार सबै न्यायाधीशहरूले शपथ लिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij