
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । आज बिहान बोलाइएको समितिको बैठकमा कोरम नपुगेपछि बैठक स्थगित भएको हो ।
समितिको बैठकका लागि उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ उपस्थित रहेपनि केवल ८ सांसद मात्र उपस्थित रहेपछि बैठक स्थगित भएको थियो ।
२६ सदस्यीय समितिमा बैठक सञ्चालनका लागि कम्तिमा १४ जना सांसद उपस्थित हुनुपर्ने प्रावधान रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij