Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्सको निधन

नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्सको निधन

  • काठमाडौं । नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्सको निधन भएकाे छ। उनकाे ९४ वर्षको उमेरमा निधन भएको हाे । उनी ‘गड पार्टिकल’ खोजका लागि परिचित थिए। जसले बिग ब्याङ्गपछि ब्रह्माण्ड कसरी सृष्टि भयो भनेर व्याख्या गर्न मद्दत गर्‍यो ।

    images
    images
    images

    सन् २०१३ मा हिग्सलाई भौतिकशास्त्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे भन्दै नोबेल पुरस्कार प्रदान गरिएको थियो । १९६० मा हिग्स र अन्य भौतिकशास्त्रीहरूले ब्रह्माण्ड केबाट बनेकाे थियाे भनेर बुझ्ने प्रयास गरेका थिए ।

    यस प्रयासकाे क्रममा हिग्सले भौतिकशास्त्रको आधारभूत प्रश्नको उत्तर खोज्ने प्रयास गरे । सन् २०१२ मा वैज्ञानिकहरूले यसबारे जानकारी प्राप्त गरेपछि यसलाई हिग्स-बोसन नाम दिइएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij