Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

यूएईमा अग्लो भवनबाट धकेलेर श्रीमतीको हत्या

यूएईमा अग्लो भवनबाट धकेलेर श्रीमतीको हत्या

  • काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा पतीले अग्लो भवनबाट धकेलेपछि खसेर अर्घाखाँचीकी राधा न्यौपानेको मृत्यु भएको छ । अजमानस्थित चाइना मलको भवनमा कैलालीका नेत्रप्रसाद न्यौपानेसँग विवाद भएको थियो । राधा र नेत्रप्रसाद श्रीमान्–श्रीमती हुन् ।

    images
    images
    images

    नेत्रले राधासँग दोस्रो बिहे गरेका थिए । पहिलो बिहे उनले गुपचुप राखेको थापा पाएपछि मदिरा पिएको बेला उनीहरूबीच विवाद भएको बताइएको छ ।

    विवादकै क्रममा नेत्रले धकेल्दा यो घटना भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै गैरआवासिय नेपाली संघले जनाएको छ । घटनापछि श्रीमान् न्यौपाने फरार भएका छन् ।

    मलबाट खसेकी राधाको शव क्षतविक्षत अवस्थामा फेला परेको बताइएको छ । उनको शव स्थानीय अस्पतालमा राखिएको छ ।

    उनीहरु दुवै जनाको यूएईमा रेसिडेन्ट कार्ड भएको र यूएईमा काम गर्दै बस्दै आएको खुलेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)नेपाल एसोसिएसनका अध्यक्ष विकास शाहीले घटनाको पुष्टि गर्दै थप बुझ्ने काम भइरहेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij