
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । भारतमा भएको सवारी दुर्घटना सात नेपालीको मृत्यु भएको छ ।
उत्तराखण्ड राज्यको नैनीताल जिल्लास्थित बेतालघाट नजिक भएको दुर्घटनामा सात नेपालीसहित ८ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ । घटनामा दुई जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा नेपालीमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरज रहेका छन् ।
गाडीमा नौ जना नेपाली सवार थिए, उनीहरु सबै कञ्चनपुरको महेन्द्रनगरका थिए । उनीहरु घर फर्किदैँ गर्दा दुर्घटना भएको हो । मृत्यु हुनेमा चालक राजेन्द्र कुमार बेतालघाटका हुन् ।
गाडी १५० फिट गहिरो खाडलमा खसेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij