
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । श्रीलंकन नागरिकहरूलाई काठमाडौं ल्याई बन्धक बनाएको आरोपमा प्रहरीले ४ पाकिस्तानीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ५७ वर्षीय जुबेर अम्जाद, ४२ वर्षीय शाहजेहान तानबिर, ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह छन् ।
उनीहरूले श्रीलंकन नागरिकहरूलाई वैदेशिक रोजगारको लागि विभिन्न युरोपियन देशमा पठाइदिने भन्दै नेपालमा ल्याएर बन्धक बनाएको पाइएको प्रहरीले जनाएको छ ।
काठमाडौंका विभिन्न होटलमा पीडितहरूलाई बन्धक बनाई पासपोर्ट नियन्त्रणमा लिई कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगद समेत लिई जबर्जस्ती बन्धक बनाई राखेका थिए । उनीहरूको बिहीबार प्रहरीले उद्धार गरेको छ ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ । उनीहरूमाथि अपहरण तथा शरीर बन्धक कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij