
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । एक नेपालीको न्युजिल्यान्डमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको शहिदनगर नगरपालिकाका ३३ वर्षीय सुरेन्द्र सर्वरिया छन् । कोठाबाट काममा जाने क्रममा सर्वरिया सवारी दुर्घटनामा परेको एनआरएनए न्यूजिल्याण्डका प्रवक्ता रामहरि पाण्डेले जानकारी दिए ।
सर्वरियाको शव नेपाल पठाउन प्रक्रिया थालेको पाण्डेले बताए । मृतक सर्वरियाको पारिवारिक आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले शव पठाउन कठिनाई भएको पाण्डेले जानकारी दिए ।
सर्विरयाका श्रीमति, एक छोरा र एक छोरी छन् । उनी १५ महिनाअघि मात्रै रोजगारीको लागि न्युजिल्यान्ड पुगेका थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij