Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

काठमाडौँ महानगर फोहोर बिक्री गर्दै, गर्‍यो प्रस्ताव आह्वान

काठमाडौँ महानगर फोहोर बिक्री गर्दै, गर्‍यो प्रस्ताव आह्वान

  • काठमाडौं । काठमाडौँ महानगरपालिकाले फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान गरेको छ । महानगरले एक सूचना जारी गर्दै ३० दिनभित्र प्रस्ताव पेस गर्न आग्रह गरेको हो । आन्तरिक राजस्व कार्यालयमा भ्याट दर्ता भएका व्यक्ति, कम्पनी वा फर्महरूले सुख्खा फोहोर खरिदका लागि प्रस्ताव गर्न सक्नेछन् ।

    images
    images
    images

    महानगरले विभिन्न वडाबाट टेकु ट्रान्सफर स्टेसनमा दैनिक रूपमा सङ्कलन हुने सुख्खा फोहोरको बिक्रीका लागि प्रस्ताव आह्वान गरेको सूचनामा उल्लेख छ ।

    प्राप्त प्रस्तावहरू आगामी बैशाख १० गते दिउँसो २ बजे कार्यालयको वातावरण व्यवस्थापन विभागमा कर्मचारी एवं उपलब्ध प्रस्ताव दाताहरूको रोहवरमा खोलिने जनाएको छ । सो विषयमा थप जानकारी काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागबाट लिन सकिनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij