
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ४ सांसदलाई निर्वाचन आयोगले तोकेको जरिवाना बदर भएको छ ।
समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगले रास्वपा सांसद विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम र गणेश पराजुलीलाई १५/१५ हजार जरिवाना तिराउने निर्णय गरेको थियो । त्यसविरुद्ध उनीहरुले साउन १४ गते उच्च अदालतमा रिट दायर गरेका थिए ।
उच्च अदालत पाटनले बुधबार आयोगको उक्त निर्णय खारेज गरेको हो । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र टीकाराम आचार्यको इजलासले निर्वाचन आयोगको निर्णयले कानुनी मान्यता नपाउने ठहर गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij