Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । भारत र चीनबीच जारी तनावबीच अमेरिकी सरकारको एउटा गोप्य प्रतिवेदन सार्वजनिक भएपछि त्यहाँ उल्लेख गरिएको विषयलाई लिएर चीन आक्रोशित बनेको छ। एक्सिओसले उक्त प्रतिवेदनको प्रतिलिपी अध्ययन गरेको जानकारी दिँदै ट्रम्प प्रशासनले इन्डो–प्यासिफिक रणनीतिमा भारतलाई अगाडि बढाउने योजना बनाएको बताएको छ।
उक्त रिपोर्टमा एसिया प्रशान्त रणनीति ‘इन्डो–प्यासिफिक’को विषय समेटिएको अमेरिकी वेबसाइट एक्सिओसले जनाएको छ। इन्डो–प्यासिफिक रणनीतिलाई चीनले अधिनायकवादी रणनीतिको संज्ञा दिएको छ। चीनले अमेरिकाले शीतयुद्धको मानसिकता राखेको आरोप लगाउँदै यसले सैन्य टकरावलाई उकास्ने खतरा भएको बताएको छ।चीनसँग प्रतिस्पर्धा गर्नका लागि भारतलाई यस रणनीतिमा समावेश गरिएको उल्लेख गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij