
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा भरतपुर महानगरपालिका–२९ का ३२ वर्षीय सोमलाल लामाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार वडा नं २९ दासढुंगामा बुधबार बिहान ट्रक र मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ७६४ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ५५ प ८१९९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन् ।
आज बिहान १ः५० बजे भएको दुर्घटनामा परी लामा गम्भीर घाइते भएर उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । लामाको उपचारका क्रममा मृत्यु भएको हो । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij