
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । रुसी सेनाको कार्गो विमान दुर्घटना हुँदा विमानमा रहेका सबै १५ जनाको मृत्यु भएको छ । विमानमा ८ जना चालक दलका सदस्य र अरु ७ जना गरी १५ जना सवार थिए ।
विमान उड्ने क्रममा एउटा इन्जिनमा आगो लागेका कारण जाहाज दुर्घटनामा परको रुसी रक्षा मन्त्रालयले जनाएको छ । विमान उड्ने बेलामा नै इन्जिनमा खराबी आएको बताइएको छ ।
राजधानी मस्कोबाट झण्डै २ सय ५० किलोमिटर पूर्वमा रहेको इभानोभो क्षेत्रमा विमान दुर्घटना भएको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij