
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । दिल्लीमा नेपालको पहिलो महिला रेस्लर भगवती खड्का सम्मानित भएकी छिन् । भारतको ‘एफएफडब्लू स्टार प्रिन्स अडिनान्सी रेस्लर’ नेपाली रेस्लर खड्कालाई आइतबार सम्मान गरिएको हो ।
दिल्लीको डीडीए स्पोर्टस् कम्प्लेक्समा भइरहेको ‘वसन्त एवं होली महोत्सव’ आयोजकले खेलाडीहरूलाई सम्मान गरेको हो । नेपाल महिला रेस्लिङ फाउन्डेसनको सञ्चालक रहेकी खड्काले विदेशका दर्जनौँ देशमा गएर रेलिङ खेलिसकेकी छिन् ।
नेपालमा समेत विश्वका विभिन्न देशका चर्चित रेस्लर ल्याएर खेल गरिसकेकी छिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij