
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । मुम्बईको पाली हिलस्थित नवरोजी हिल सोसाइटीमा रहेको १७ तले भवनको १४ औं तलामा आगलागी भएको छ ।
यस भवनको १५ औं तलामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको फ्ल्याट छ । तर, ठूलो कुरा के भने दमकलले डेढ घण्टाको मेहनतपछि आगो नियन्त्रणमा लिएर घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
दैनिक भास्करका अनुसार भवनको १४ औं तलामा रहेको भान्छामा आगलागी भएको थियो । तर, यसको वास्तविक कारण अझै थाहा हुन सकेको छैन ।
यो आगलागीको भिडियो सामाजिक सञ्जालमा भाइरल हुनेबित्तिकै ज्याकलिलका फ्यानहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij