Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर

विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर

  • काठमाडौं । सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहितका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    राजविराज मधुवापुर वडा कार्यालयबाट अर्जी टोलसम्मको तीन सय मिटर सडक कालोपत्र गर्ने क्रममा प्रक्रिया नपु-याइ काम गरेकाले भ्रष्टाचारको अभियोगमा आज मुद्दा दायर गरिएको हो ।

    images

    तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार देव, इन्जिनियर मदन राय, सवइन्जिनियर सरोजकुमार यादवविरुद्ध रू तीन लाख ४७ हजार बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    images

    उनका अनुसार गुन्जा कन्सट्रक्सन, खडक नगरपालिका–८ सप्तरीका प्रोपाइटर गोविन्दप्रसाद मण्डलविरुद्ध पनि रू तीन लाख ४७ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij