
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाल टेलिकमको केबल तार चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की मातहतको इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले, कास्कीका २९ वर्षीय रमेश सार्की, २१ वर्षीय विजय नेपाली र भारत मोतिहारी जिल्ला स्थायी घर भई हाल कास्की बस्दै आएका ३३ वर्षीय फिरोज आलमलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार फागुन ८ मा पोखरा महानगरपालिकाको विभिन्न स्थानमा रहेका नेपाल टेलिकमको केबल तार चोरी भएको भन्ने सूचना प्राप्त भएको थियो ।
त्यसै आधारमा खटिएको प्रहरी टोलीले सोही दिन आरोपित तीन जनाको साथबाट तार बरामद गरेको हो । उनीहरूबाट ३५ मिटर तार र १९ किलो ९५० ग्राम (पगालेर) राखेको तयारी तामाको तार बरामद गरिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij