Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

टिभी अभिनेता ऋतुराज सिंहको निधन

टिभी अभिनेता ऋतुराज सिंहको निधन

  • काठमाडौं । ५९ वर्षीय भारतका चर्चित टिभी अभिनेता ऋतुराज सिंहको हृदयघातका कारण निधन भएको छ । बीबीसीसँग कुरा गर्दै उनका साथी अभिनेता अमित बहलले यसको पुष्टि गरेका छन् ।

    images
    images
    images

    अभिनेता सिंह ९० को दशकमा जी टिभीमा रियालिटी गेम शो ‘तोल मोल के बोल’को होस्ट थिए । सन् १९९३ मा जी टिभीमा प्रशारण भएको उनको अर्को टिभी शो ‘बनेगी अपनी बात’ पनि निकै लोकप्रिय थियो । सिंहले धेरै सिरियल, फिल्म र ओटीटी शोमा काम गरेका छन् ।

    उनले ‘हिटलर दीदी’, ‘ज्योति’, ‘शपथ’, ‘अदालत’, ‘आहट’, ‘दिया और बाती’, वारियर हाई’, ‘लाडो २’, ‘ये रिश्ता क्या कहलाता’ जस्ता टिभी सिरियलहरूमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij