Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । पपुवा न्यूगिनीको दुर्गम पहाडी क्षेत्रमा भएको आक्रमणमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ताले बीबीसीलाई दिएको जानकारीअनुसार सप्ताहन्तमा दुर्गम पहाडी क्षेत्रको एन्गा प्रान्तमा आदिवासी समुदायहरुबीचको विवादका क्रममा एकअर्काप्रति गोली हानी हान्दा ६४ जनाको मृत्यु भएको हो ।
यो हिंसालाई पछिल्ला केही वर्षयताकै सबैभन्दा ठूलो हिंसा मानिएको छ । यस क्षेत्रमा हिंसा बढ्नुको प्रमुख कारण अवैध हतियारको संख्या हो । प्रहरीले राजधानी पोर्ट मोरेस्बीबाट करिब ६०० किलोमिटर उत्तरपश्चिमको वाबाग सहर नजिकै रहेको घटनास्थलमा शव संकलन गर्न थालेको छ ।
अष्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी)का अनुसार रोयल पपुवा न्यू गिनी कन्स्टेबुलरीका कार्यवाहक सुपरिटेन्डेन्ट जर्ज काकासले भने, ‘मैले एन्गामा कहिल्यै यस्तो हिंसा देखेको थिएन, सम्भवतः सम्पूर्ण दुर्गम पहाडी क्षेत्रको यो सबैभन्दा ठुलो घटना हो ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij