Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

प्याज निर्यातमा लगाएको प्रतिबन्ध भारतले हटायो

प्याज निर्यातमा लगाएको प्रतिबन्ध भारतले हटायो

  • काठमाडौं । प्याज निर्यातमा लगाएको प्रतिबन्ध भारत सरकारले हटाएको छ । केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा गठित समितिले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    देशमा प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न भारत सरकारले गत डिसेम्बर २०२३ मा निर्यातमाथि रोक लगाएको थियो । प्याज निर्यातमा रोक लगाइए पछि भारतमा प्याजको मूल्य निकै घटेको थियो ।

    अब मन्त्रीस्तरिय निर्णय गर्दै भारत सरकारले ३ लाख मेट्रिक टन प्याज निर्यातलाई अनुमति दिएको छ । साथै बङ्गलादेशबाट पनि ५० हजार टन प्याज आयातका लागि पनि भारत सरकारले अनुमति दिएको छ । भारत सरकारले प्याज निर्यात फुकुवा गरेसँगै अब नेपालमा पनि प्याज आयात हुने बाटो खुलेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij