
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । काठमाडौंको माइतीघरमा राखिएको निषेधित क्षेत्रको ब्यानर आरती साहका दाइले जलाउने प्रयास गरेका छन् ।शुक्रबार दिउँसो मृतक आरतीका दाइ प्रेमले धर्ना/प्रदर्शन गर्न नदिएको भन्दै उक्त ब्यानर जलाउने प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीसँगै तीन जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूले माइतीघरलाई निषेधित क्षेत्र हटाउन माग गरेका छन् । त्यहाँ धर्ना बस्दै आएका उनीहरूलाई काठमाडौं महानगर प्रहरीले हटाएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij