
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । मुख्य–मुख्य भन्सार कार्यालयको संसद्को अर्थ समितिले अनुगमन गर्ने भएको छ । समितिको बिहीबारको बैठकले उपसमिति बनाएर मुलुकका भन्सार कार्यालय अनुगमन गर्ने निर्णय गरेको हो ।
भन्सार नाकामा चोरी पैठारी बढेको गुनासो धेरै आएको छ । समिति सभापति सन्तोष चालिसेले भन्सार कार्यालयहरूमा प्रविधि र जनशक्तिको अभाव रहेको जानकारी आएकाले अनुगमन गर्ने निर्णय गरिएको जनाए ।
बैठकमा सांसदहरूले राजस्व वृद्धिदर घट्नुमा भन्सार चुहावट वृद्धि भएको भन्दै समितिले अनुगमन गर्नुपर्ने बताएका थिए ।मुलुकमा रहेको अन्तर्राष्ट्रिय भन्सारको विषयमा पनि छलफल गर्ने निर्णय गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij