
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् । उनलाई शनिबार अस्पताल भर्ना भएका उनलाई अहिले आइसियुबाट निकालिएको छ ।
एक्कासी छाती दुखेपछि भारतको अपोलो अस्पतालमा लगिएको थियो । उनलाई इस्केमिक सेरेब्रोभास्कुलर दुर्घटना (स्ट्रोक) भएको छ । उनको स्वास्थ्य अवस्थाबारे अस्पतालले जानकारी दिइरहेको छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार हाल उनको स्वास्थ्य अवस्था सुधार देखिएको छ ।
७३ वर्ष पुगेका उनलाई न्युरो फिजिसियन, कार्डियोलोजिस्ट र ग्यास्ट्रोएन्टेरोलजिस्ट सहितको चिकित्सक समुहले उपचार गरिरहेका छन् । उनलाई देखिएको इस्केमिक रोग रगत जमेको कारण हुन्छ । यसले गर्दा मस्तिष्कमा हुने रगतको प्रवाहको नलीलाई रोकिदिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij