
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । जिम्बाब्वे सरकारले देशमा मृत्युदण्डको सजाय खारेज गर्ने जनाएको छ । देशव्यापी छलफलपछि यो सजाय खारेज गर्ने निर्णय गरिएको सूचनामन्त्री जेनफान मुस्वेरले जानकारी दिए ।
जिम्बावेमा विगत २० वर्षमा कसैलाई पनि फाँसी दिइएको छैन ।
यो निर्णयपछि अब त्यस्ता कैदीको सजाय प्राविधिक रुपमा जन्मकैदमा परिणत हुने विश्वास गरिएको छ । तर, सरकारले मृत्युदण्डसम्बन्धी कानुनमा यी परिमार्जन कहिलेदेखि लागू हुने हो भन्ने कुनै घोषणा गरेको छैन । जिम्बाब्वेका राष्ट्रपति इमर्सन मनानगाग्वा मृत्युदण्डको कडा विरोध गर्दै आएका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij