
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । पाकिस्तानमा राष्ट्रिय सभा र प्रान्तीय निर्वाचनका लागि एकैसाथ मतदान भइरहेको छ । बिहिबार बिहान ८ः३० बजेदेखि सुरु भएको मतदान बेलुका ५ः३० बजेसम्म चल्ने मतदान केन्द्रमा तालिबानले खैबर पख्तुनख्वाको अफगान सिमानामा आक्रमण गरेको छ ।
आक्रमणको क्रममा तीन जना महिला एजेन्ट घाइते भएका छन् । पाकिस्तानको स्थानीय समाचार च्यानल एआरवाई डिजिटलका अनुसार खैबर पख्तुनख्वाको ट्याङ्क क्षेत्रमा रहेको मतदान केन्द्रमा गोली चल्दा एक प्रहरीको मृत्यु भएको छ ।
चुनावको नतिजा बिहिबार राति अबेरसम्म आउन सक्छ । निर्वाचन आयोगले फागुन ९ गते औपचारिक रुपमा नतिजा घोषणा गर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij