
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाली युवकविरूद्ध अष्ट्रेलियन प्रहरीले एकजना पक्राउ पुर्जी गरेको छ । २६ वर्षीय रिदम भट्टचनविरूद्ध अष्ट्रेलियाको औबर्न प्रहरीले मंगलबार पक्राउ पुर्जी जारी गरेको हो ।
औबर्न प्रहरीले फेसबुकमा रिदमको तस्बिर राख्दै उनीविरूद्ध दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी दिएको हो ।
त्यहाँको प्रहरीले अपरेशन अमरोक चलाएर उनीविरूद्ध खोजी तीव्र पारेको जनाएको छ । अपरेशन घरेलु हिंसा र सम्बन्धित अपराध लक्षित राज्यव्यापी अपरेशन रहेको प्रहरीले जनाएको छ ।
उनी यसअघि पनि गेम्ब्लिङ र लागुऔषध कसुरमा पटकपटक विवादमा परेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij