Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बेलायतका राजा चार्ल्सलाई क्यान्सर

बेलायतका राजा चार्ल्सलाई क्यान्सर

  • काठमाडौं । बेलायतको बकिङ्घम दरबारले राजा चार्ल्सलाई क्यान्सर भएको जानकारी दिएको छ ।  ७५ वर्षका राजा चार्ल्सले हालै प्रोस्टेट बढेको उपचार गराइरहेका बेला गरिएको जाँचमा यो कुरा प्रकाशमा आएको हो ।

    images
    images
    images

    यो कुन प्रकारको क्यान्सर हो भन्ने कुरा भने खुलाइएको छैन । तर यो प्रोस्टेट क्यान्सर होइन । राजा चार्ल्सलाई कुन स्टेजको क्यान्सर भयो भन्ने जानकारी दिइएको छैन ।

    बकिङ्घम प्यालेसले राजा चार्ल्सको सोमबारदेखि नियमित उपचार सुरु गरेको र उपचारका क्रममा सार्वजनिक जिम्मेवारीबाट टाढा रहने जनाएको छ ।

    बकिङ्घम प्यालेसको एक विज्ञप्ति अनुसार राजा चार्ल्स उपचारको बारेमा पूर्ण रूपमा सकारात्मक छन् र सकेसम्म चाँडो आफ्नो सार्वजनिक जिम्मेवारीमा फर्कनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij