Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

वाग्मती प्रदेश सरकारका पूर्वमन्त्री पौडेलको दुर्घटनामा निधन

वाग्मती प्रदेश सरकारका पूर्वमन्त्री पौडेलको दुर्घटनामा निधन

  • काठमाडौं । बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको निधन भएको छ । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका ६६ वर्षीय पौडेलको बुधबार मध्याह्न साढे १२ बजे दुर्घटनामा परेर निधन भएको हो ।

    images
    images
    images

    पोखराबाट गैंडाकोटतर्फ गइरहेको ग १ ख ८५४७ नम्बरको गाडीले नवरपुरस्थित गैंडाकोटमा पौडेल सवार रहेको ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    ठक्करबाट पौडेलको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिए । पौडेलको शव भरतपुर जिल्ला अस्पतालमा राखिएको छ । 

    नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डे नेतृत्वको बागमती सरकारमा पौडेल भूमि व्यवस्था मन्त्री भएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij