
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । ५६ वर्षका न्यायाधीश मातृका मरासिनीको निधन भएको छ । सरूवा भएर २ दिनअघि मात्र पाटन उच्च अदालत पुगेका न्यायाधीश मरासिनीको हृदयघातका कारण निधन भएको हो।
मङ्गलवार बिहान ९ बजेतिर मरासिनीलाई स्वास्थ्यमा समस्या देखिएको थियो । घरमै हृदयाघात भएका उनलाई एट्याक आएलगत्तै आज बिहान उपचारका लागि अस्पताल लगिएकाे थियाे । तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनको शव कलंकीको नेसनल हस्पिटलमा राखिएको छ । उच्च अदालतले आज सबै पेसी स्थगित गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij