
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर तोलामा १ लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य मा पनि ५ रुपैयाँको गिरावट आएर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij