
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले विवाह गरेकी छन् । उनले आफ्नो प्रेमी नुपुर शेखरसँग विवाह गरेकी हुन् । सन् २०२० देखि प्रेम सम्बन्धमा रहेका इरा र नुपुरले सन् २०२२ मा इन्गेजमेन्ट गरेका थिए ।
भारतीय सञ्चारमाध्यम जागरणका अनुसार उनीहरूले बुधबार मुम्बईस्थित ताज होटलमा विवाह गरेका हुन् । उनीहरूको विवाह समारोहमा नजिकका आफन्त र साथीभाइ मात्रै सहभागी थिए । उनीहरूले १३ जनावरीमा रिसेप्सन पार्टी आयोजना गरेका छन् । नुपुर फिटनेस कोच हुन् । इरा आमिर खान र उनकी पहिलो श्रीमती निर्माता रीना दत्तकी छोरी हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij