Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

झापामा डरलाग्दो ग्याङ्फाइट

झापामा डरलाग्दो ग्याङ्फाइट

  • काठमाडौं । झापाको बिर्तामोडमा ‘ग्याङ फाइट’ मा संलग्न रहेकामध्ये चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान बिर्तामोड-५ स्थित देवी मावि छेउमा झगडा र कुटपिटमा संलग्न चार जना पक्राउ परेका हुन ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार पक्राउ पर्नेहरुमा भद्रपुर–२ का १९ वर्षीय आदित्य राई , भद्रपुर–१ बस्ने २६ वर्षीय संजोक लिम्बू , सोही ठाउँका १८ वर्षीय दिपेश पुन मगर र २२ वर्षीय रोहन लिम्बू रहेका छन् । 

    images

    कलेजको पोशाकमा रहेका आठजना युवाहरूबीच सुरुमा कनकाई कलेज उत्तर देवी माविको छेउमा झगडा सुरू भएको थियो, स्थानीय देवी माविका शिक्षकले गाली गरेपछि उनीहरूको झगडा त्यहाँ साम्य भए पनि पुनः झगडा सुरू भएको थियो ।

    सुरुमा इँटा प्रहरबाट सुरु भएको ग्याङ फाइटमा खुकुरी प्रयोग भएको सूचनालगत्तै पुगेको प्रहरीले घटनास्थलबाट युवाहरूलाई नियन्त्रणमा लिएको हो ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij