
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । बैतडीमा स्थानीयवासीले छलिया नाच्दै तामाको गाग्री उपहार दिएर प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बिदाइ गरेका छन् । नवलपरासीपश्चिमको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई स्थानीयले बाजागाजा बजाएर छलिया नाच्दै बिदाइ गरेका हुन् ।
३३ वर्षको उमेरमा खुला प्रतिस्पर्धाबाट सहसचिव हुनुभएका सुरेश पन्थी २०७९ जेठमा बैतडीको प्रमुख जिल्ला अधिकारीका रूपमा आउनुभएको थियो । करिब डेढ वर्ष बैतडीको प्रमुख जिल्ला अधिकारी भएर सेवा गरेका पन्थीले टाढाबाट आउने सेवाग्राहीलाई राति अबेरसम्म पनि जिल्ला प्रशासन कार्यालय खुला राखेर विभिन्न सेवा प्रदान गर्ने व्यवस्था मिलाउनुभएको थियो ।
प्रशासन कार्यालयको सेवालाई सेवाग्राहीमैत्री बनाउँदै पहिलो पटक विद्युतीय टोकन प्रणालीको सुरुवात उहाँले नै गर्नुभएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij