
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाण्डौ । कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्कीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि मृतकका आफन्तले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध पारेका छन् । बस चालकलाई कडा कारबाही र क्षतिपूर्तिको माग गर्दै उनीहरुले लम्की खण्डमा राजमार्ग अवरुद्ध पारेको हो । मृतकका आफन्तको आन्दोलनका कारण पश्चिमबाट पूर्वतर्फ जाने र पूर्वबाट पश्चिमतर्फ आउने सवारी साधनहरु बाटोमै रोकिएको छ ।
विहीबार पूर्वतर्फ जाँदैगरेको ना ५ ख ८७०० नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका मोहन्याल गाउँपालिका –७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा ज्यान गएको जनाइएको छ । ठक्कर दिने बससहित चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij