
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाण्डौ । साकेला गाउँपालिका–२, खोटाङ स्थित माछा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरधन राईको ३० महिनाकी छोरी आरिमा राई रहेकी छिन् । आरिमा बराहपोखरी गाउँपालिका–६ स्थित मामा घरमा बस्दै आएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङ अनुसार आइतबार दिउँसो साढे १ बजे आरिमा घर नजिकै रहेको माछा पोखरीमा खेल्दै जाने क्रममा पोखरीमा डुबेको अवस्थामा स्थानीयाले देखि उद्धार गरेर उपचारको लागि साकेला आधारभुत अस्पताल लागेकोमा बालिकाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी खोटाङले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij